बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती जमानीमा छुटे
अखबार टुडे
प्रकाशित:
२०७८, २८ पुष

काठमाडौं, २८ पुस । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र माधवी सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार रिहा गरेको छ ।

तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले जिल्ला सरकारी वकिल कार्यालेको सहमतिमा उनीहरूलाई रिहा गरिएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए । उनीहरूलाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको बताइएको छ ।

बालुवाटार जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउँदा सरकारमा बहाल रहेका भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो ।
ब्युरोका अनुसार झन्डै १३ अर्बको बिगो तयार भइसके पनि मुद्दा भने चलिसकेको छैन । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार प्रहरीमै फर्काएको छ ।

प्रतिक्रिया