विनोद चौधरीविरुद्ध आयोगमा उजुरी, केन्द्रीय सदस्य पद खारेज गर्न माग
अखबार टुडे
प्रकाशित:
२०७८, २२ पुष

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले पद खारेजीको माग गर्दै उजुरी दिएका हुन् । साथै यादवले अफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गरेका छन् ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ ।

विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएपछि आयोग आउनुपरेको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया