कोभिड विरुद्धको बुस्टर डोज आजदेखि, क-कसले पाउँछन् खोप ?
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

काठमाडौं, २० पुस । कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको छ ।
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अतिरिक्त खोप लगाउन पाउनेछन् ।

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया