मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अल्मुताईरीले बोलाए बन्द प्रशिक्षण, विमल मगरको कमब्याम
अखबार टुडे
प्रकाशित:
२०७८, १९ पुष

काठमाडौं, १९ पुस । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ३४ खेलाडीलााई बन्दसत्रमा बोलाएको छ ।

अलमुलैरीले अफ्रिकी राष्ट् मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द शिविरमा बलाएको हो । अल्मुतैरीले नेपाल आएपछि जारी ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा ३४ खेलाडीलाई बन्दप्रशिक्षणमा बोलाएका हुन् ।

३४ खेलाडीमा विमल घर्तिमगरले कमब्याक गरेका छन्। यस्तै भरत खवास अटाएका छैनन् । नेपालले दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ मा अफ्रिकी राष्ट् मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रारम्भिक टोलीः

विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगर, विशाल राईरहेका छन् ।
यस्तै दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, मनिश डाँगी, नविन गुरुङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ रहेका छन्

प्रतिक्रिया