‘अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले तयारी गरिरहेको छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १७ पुष

काठमाडौं, १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यामलाई लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

शनिबार अनलाइन पत्रकार संघ, नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरे ।
‘अनलाईन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो’ उनले भने, वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने छ । स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यामको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु ।’

मन्त्री कार्कीले देशको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । उनले देशमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पारे ।

प्रतिक्रिया