पोखरा, १६ पुस । लागूऔषध कारोबार आरोपमा पक्राउ परेका चर्चित र्यापरआशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन शुक्रबार अनुमति दिएको छ । बिहीबार सार्वजनिक विदा भएकाले शुक्रबार यस्तो अनुमति दिएको हो । उनीहरु बुधबार पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको जनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागूऔषध कारोबारबारेको सूचनापश्चात उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८,३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।
कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।