सर्वोच्चद्वारा चार्ल्स शोभराजलाई थुनामा राख्नुकोबारे कारण देउ आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, ८ पुष

काठमाडौं, ८ पुस । सर्वाेच्च अदालतले चार्ल्स शोभराज थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज कारागार जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने शोभराजको माग छ ।
४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरान लगायतका देशमा २० जनाभन्दा बढीको हत्या गरेको अभियोग लागेको छ ।

चाल्र्सले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया