आरआरआरको बाटो सहज बनाउन तीन फिल्मको रिलिज स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, ८ पुष

काठमाडौं, ८ पुष । निर्देशक एसएस राजामौलीद्वारा निर्देशित चलचित्र ‘आरआरआर’ आगमी वर्ष २०२२ को जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा पनि व्यापक रूपमा रिलिज हुँदैछ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको यो बहुप्रतिक्षित चलचित्रहरू मध्ये एक हो ।

आरआरआरको बाटो सहज बनाउन ठूलो कदम चाल्दै दक्षिण भारतीय निर्माताले यसको वरपरका आगामी फिल्मको रिलिज स्थगित गरेका छन् । दक्षिण भारतीय फिल्म उद्योगमा पोङ्गल पर्वको वरिपरि फिल्म रिलिज गर्ने चलन धेरै छ ।

यस अवधिमा तीन तेलुगु फिल्म रिलिजको लागि तय गरिएको थियो । जसमध्ये महेश बाबुको ‘सरकारु वारी पाटा’, अर्को दिल राजुको ‘एफ ३’ र चीनाबाबू र पवन कल्याणको ‘भीमला नायक’ हो । यी तीन फिल्मको रिलिज स्थगित भएको छ ।

निर्देशक राजामौलीले तीन फिल्मको रिलिज मिति सारेर बक्स अफिसमा चलचित्रको भीडभाड घटाएर सहयोग बढाएकोमा सबैलाई धन्यवाद दिएका छन् । आजकल राजामौली आरआरआरको प्रमोशनमा व्यस्त छन् । ‘आरआरआर’ को मुख्य कलाकारमा जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ ।

ट्रेलर हेर्दा यो फिल्मको कथा बेलायती शासनमा आधारित रहेको अनुमान गर्न सकिन्छ, जसमा कयौं दमदार एक्सन देख्न सकिन्छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ । फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ प्रदर्शनको करिब चार वर्षपछि राजामौलीको फिल्म आउन लागेको हो ।

प्रतिक्रिया