संयोजक मिलन पाण्डे पार्टीबाट निष्काशित
प्रकाशित:
२०७८, ६ पुष
काठमाडौं, ६ पुष । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।
अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ ।
पाण्डे पक्षले भने आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए । पार्टीले लिने वैचारिक एजेन्डाबारे अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच कुरा मिलेको थिएन
।
प्रतिक्रिया
सम्बन्धित समाचार