चिलीको राष्ट्रपतिमा इतिहासकै कम उमेरका युवा नेता निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७८, ५ पुष

काठमाडौं, ५ पुष (एजेन्सी) । चिलीको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक निर्वाचित भएका छन् । राष्ट्रपति बन्ने उनी इतिहासकै सबैभन्दा कम उमेरका हुन् ।
उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएको हो । आइतबार भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाएका थिए ।
राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए । चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया