इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध गठबन्धनलाई बलियो बनाउँनुपर्नेमा अमेरिकाको जोड
अखबार टुडे
प्रकाशित:
२०७८, २८ मंसिर

जकार्ता, २८ मंसिर (एजेन्सी) । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आक्रामक कार्यहरू बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन नियममा आधारित आदेशको रक्षा गर्नु पर्नेमा जोड दिएको छ ।

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहेका ब्लिन्केनले भने, ‘हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन् ।’

‘नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो,’ अल जजीराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिएको उक्त भाषणलाई उल्लेख गरेको छ ।

अल जजीराका अनुसार ब्लिन्केनले वाशिंगटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको बताएको छ । तर उनले उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्म बेइजिङको आक्रामक कारबाहीबारे गुनासो भने पाखेका थिए ।

प्रतिक्रिया