राप्रपा पदाधिकारीमा लिङ्देन पक्ष अल्पमतमा, कसले कति मत पाए ?
अखबार टुडे
प्रकाशित:
२०७८, १९ मंसिर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भए पनि राप्रपामा कमल थापा पक्षले वर्चस्व ल्याएका छन् ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । त्यसैगरी, तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भएका छन् । खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डेले सर्वाधिक मत पाएर विजयी भएका छन् । पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार थिए ।

बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । तामाङ, प्रधान र महिला उपाध्यक्ष कार्की तीनै जना थापा पक्षका हुन् । खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुन् । महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुन् । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार थिइन् ।

कसले कति मत पाए ?

प्रतिक्रिया