मंसिर १७ देखि आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने
अखबार टुडे
प्रकाशित:
२०७८, १६ मंसिर

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको बताएका छन् ।

उनका अनुसार अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताए । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको पनि बताएका छन् ।

यसैगरी अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ । चुनावको बेला हरेक सात÷सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र यी कुरा हेर्नका लागि पालिकाको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधि सभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया