राप्रपा महाधिवेशन : लिङ्देनलाई समर्थन गर्दै लोहनी भन्छन्, ‘नयाँलाई काम गर्ने मौका दिऔँ’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

काठमाडौं, १४ मंसिर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई सर्मथन गर्ने लोहनीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा उनले पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको बताउँदै उनले त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखेका थिए ।

संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताउँदै लोहनीले भने, ‘राप्रपाका कार्यकर्ताहरु देशभक्त छन् र सबै नेपालीको समृद्धिको लागि प्रतिबद्ध छन् । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।’

प्रतिक्रिया