काठमाडौं, २६ कात्तिक । कुवेतस्थित एड्भान्स टेक्नीलोजी कम्पनी र त्यहाँका सरकारी स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ । कोरोना महामारीका कारण बैदेशिक रोजगारमा जाने काम ठप्प भएकै बेला ओमेगाले नेपालमै पहिलो पटक कुवेतको एड्भान्स टेक्नोलोजी कम्पनीमार्फत त्यहाँका सरकारी स्वास्थ्य संस्थामा नेपाली पुरुष तथा महिला नर्सहरुको डिमाण्ड ल्याएको हो ।
निकै कसरतपछि नेपालको इतिहासमा पहिलोपटक ७२९ जना महिला तथा पुरुष नर्स पेसाका लागि कामदारको डिमाण्ड ल्याउन सफलपछि आवश्यक छनौट प्रक्रियाका लागि तयारीमा रहेको ओमेगा इन्टरनेश्नल प्रा.लिका सञ्चालक राजकुमार राईले बताए ।
नेपाली अर्थतन्त्रको बलियो आधार बैदेशिक रोजगार बनिरहेको बेला ओमेगा इन्टरनेश्नल प्रा.लि.ले रोजगार प्रर्वद्धनको क्षेत्रम सहयोग पु¥याउँदै आइरहेको छ । वि.सं. २०६७/२०७८ सालमा विधिवत रुपमा स्थापना भएर हालसम्म आइपुग्दा २० हजारभन्दा बढी व्यक्तिलाई बैदेशिक रोजगार व्यवस्थापन गरेका छन् ।
यसअघि खाडी मूलुकमा एचए र पिसिएल नर्सलाई कामदारको रुपमा एक्सेप्ट नगरेको सुनाउँदै ओमेगाका सञ्चालक राईले कुवेतका एड्भान्स टेक्नोलोजी कम्पनी र स्वास्थ्यमन्त्रालयका प्रतिनिधिबीच बराम्बर बैठक बसी नेपालमा पिसिएल र एचए अध्ययनरत नेपाली महिला तथा पुरुष कामदारका लागि ठूलो संख्यामा काम गर्ने वातावरण सिर्जना गरेको बताए ।
स्वास्थ्य क्षेत्रको काममा आकर्षक तलब सुविधा रहेको र लाइसेन्सको लागि नेपालमै परिक्षा हुने भएकोले कुवेत पुगेर कुनै समस्या नआउने पनि बताए । कम्पनीले शत प्रतिशत सुरक्षित र सफलतापूर्वक बैदेशिक रोजगारमा महिला तथा पुरुष कामदारहरुलाई रोजगारको व्यवस्थापन गरिएको छ ।
स्थापना कालदेखि ओमेगा ईन्टरनेश्नल प्रा.लिबाट बैदेशिक रोजगारमा जान चहानेहरुका नेपाली कामदारहरुलाई आवश्यक मापदण्ड र प्रक्रियानुसार पठाउने भएकोले हालसम्म कुनै समस्यामा नपरेको सञ्चालकहरुको दाबी छ । हाल कुवेतका सरकारी स्वास्थ्य क्षेत्र लागि ७२९ जना कामदारको माग भएको हुँदा त्यसको व्यवस्थापनमा करिव २५ जना कर्मचारी तथा सञ्चालकहरु जुटिरहेका छन् ।
फ्रि –भिसासमेत रहेकोे उक्त डिमाण्डमा योग्य व्यक्तिहरुले आवश्यक कागजातसहित काठमाडौंको बसुन्धारास्थित कार्यालयमा सम्पर्क गर्न सकिने ओमेगाले जनखाएको छ ।