एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय, १२ वर्ष माथिकालाई लगाउन मिल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ कार्तिक

कठमाडौं, २३ कार्तिक । सरकारले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि निर्णय गरेको बताए ।

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया