सल्यानमा बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
प्रकाशित:
२०७८, २१ कार्तिक

सल्यान, २१ कार्तिक । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ ।
ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ । बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द थापाले जानकारी दिए ।
बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
