पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन
अखबार टुडे
प्रकाशित:
२०७८, १९ कार्तिक

लिस्बोन, १९ कार्तिक । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद्् विघटनको घोषणा गरेका छन् ।

उनले विहिवार संसद्् विघटन गरिएको घोषणा गर्दै आगामी संसद्ीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।

देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसद््बाट समाधान ननिस्किएकाले यो संसद्् विघटन गर्दै नयाँ संसद्् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसद््बाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो । पोर्चुगलको संसद्ीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसद््बाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।

संसद््बाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रिया