भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ कार्तिक

काठमाडौं, १६ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनको भनाइ छ ।
शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उनको सुझाव पनि छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया