बग्दादमा ३ वटा रकेट अवतरण
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

बग्दाद, १४ कार्तिक (एजेन्सी) । इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् ।
यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन । बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण गरिएका थिए ।

स्रोतले सिन्ह्वालाई जनाएअनुसार उक्त रकेटहरू मध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल–जैटौन स्ट्रीट नजिक र तेस्रो अल–अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए ।

यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ । रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउँन भने असफल भएको छ ।

ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरू पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रायस गरिरहेका छन् ।करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ ।

प्रतिक्रिया