बाँकि रहेका ३२ नेपालीको अफगानिस्तानबाट उद्दार
प्रकाशित:
२०७८, १३ कार्तिक

काठमाडौं, १३ कार्तिक । अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपालीलाई उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ ।
शनिबार बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिए । योसँगै अफगानिस्तानमा अव उद्दारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
