चीनबाट ल्याइयो १० लाख डोज भेरोसेल खोप
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कात्तिक । चीनबाट बुधबार थप १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङअन्तरर्गत खरीद गरेको उत्त खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा ल्याइ पुर्याइएको हो ।

कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ र सोही सम्झौँताको पहिलो लट आज ल्याएको हो ।

प्रतिक्रिया