
काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । बिहीबार पार्टी केन्द«ीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो ।
प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको जानकारी दिए ।
बैठकमा प्रवक्ता महराले देशभर माओवादीको सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएर सोही अनुसार काम भइरहेको बताए । उनले सदस्यता नवीकरणको समय थपेर हालसम्म झण्डै ५० प्रतिशत सदस्यता नवीकरण भएको समेत जानकारी दिए ।
विभाग प्रमुखहरु
१. अर्थ तथा योजना विभाग– वर्षमान पुन
२. संगठन विभाग– जनार्दन शर्मा
३. विदेश मामिला विभाग– नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग– कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग– सूर्य सुवेदी
६. उद्योग मामिला विभाग– वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग–हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग–मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग–डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग–विना मगर
११. जलस्रोत तथा ऊर्जा–लिलामणी पोखरेल
१२. निर्वाचन विभाग–खिमलाल देवकोटा
१३. कानून विभाग–मुक्ति प्रधान
१४. पर्यटन विभाग–झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग–पर्शुराम तामाङ
१६. पार्टी स्कूल विभाग–गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथ अभिलेख–नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग–हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग–गणेशमान पुन
२०. राजकीय मामिला विभाग–रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग–कृष्णबहादुर महरा
२२. वन तथा वातावरण–शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग–गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग–मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग–रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग–देव गुरुङ
२७. समाज कल्याण विभाग–सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग–धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग–देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग–टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग–गोपाल ठाकुर
३२. स्थानीय तह विभाग–उर्मिला अर्याल
