‘ए’ डिभिजन लिग खेल्न इटालीबाट नेपाल आइपुगे विकाश मेराग्लिया
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

काठमाडौं, ३ कार्तिक । इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश मेराग्लिया शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका छन् ।
विकास मंगलबार बेलुका नेपाल आएका हुन् । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएका थिए ।
इटालीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट नियमित फुटबल खेलिरहेका विकासले आगामी कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिग खेल्न नेपाल आएका हुन् ।
उनले कुन क्लबबाट खेल्ने आधिकारिक युवा घोषणा भएको छ्रैन् । विकाशले इटलीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । स्यालरी स्पोर्ट्समा उल्लेखित गरे अनुसार विकाश एट्लान्टाका खेलाडी हुन्, र उनी १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित थिए । १९ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ ।
पछिल्लो समय चर्चाको शिखरमा रहेका विकाशलार्य इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया