हिन्दी गीतमा देखिए आर्यन (भिडियो)
प्रकाशित:
२०७८, २६ आश्विन
काठमाडौं, २६ असोज । पछिल्लो केही वर्षयता नेपाली फिल्ममा कम देखिन थालेका अभिनेता आर्यन सिग्देल एक हिन्दी गीतको भिडियोमा देखिएका छन् । ‘मेरे इश दिलपे’ बोलको हिन्दी गीतको आर्यनले अभिनय गरेका छन् । उक्त भिडियो हालै सार्वजनिक भएको छ ।
उक्त गीतमा केशव भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको स्वर रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देलसँग स्क्रिन सेयर गरेकी छन् । सशांक कँडेलको निर्देशनमा तयार भएको भिडियोमा भारतीय केटी र आवारा नेपाली केटाको लभस्टोरी देखाइएको छ ।
गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना