सुनसरी: प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि झडप
अखबार टुडे
प्रकाशित:
२०७८, २४ आश्विन


धरान, २४ असोज ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ । पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेका छन् । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका भने प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साहको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै मृत्यु भएको छ । प्रहरीले भने उनले आत्महत्या गरेको जनाएको छ । तर, पीडितका परिवार र आफन्तले प्रहरीले सुनियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन् ।

उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । अहिले प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा सरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया