
काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आज(आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री बनेको तिन दिनमै राजीनामा बुझाउने घोषणा गरेका हुन् । उनले स्वविवेकले राजीनामा दिने निर्णय गरेको बताएका छन् ।
सत्तारुढ दलका नेताहरुका अनुसार देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेको र अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् ।
यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै तीव्र आलोचना भइरहेको छ । कानुनविद्हरूले त्यसको विरोध गरिरहेका थिए ।
