इटलीको एक कार्यालय भवनमा विमान ठोक्किदा ८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १८ आश्विन

काठमाडौं, १८ असोज (एजेन्सी) । इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
सिंगल इन्जिन भएको पिलाटस पिसी–१२ जहाज आइतबार दिउँसो मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको केहीबेरमै एउटा खाली कार्यालय भवनमा विमान ठोक्किएको थियो ।
उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए । प्रत्यक्षदर्शीहरूले खाली भवनमा ठोक्किनुअघि नै जहाजमा आगो लागिसकेको बताएका छन् । त्याहाँका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन् ।
रोमानियाका सबैभन्दा धनीमध्येका एक ६८ वर्षीय डान पेट्रेस्क्यु, उनकी श्रीमती र छोराको मृत्यु भएको छ । साथै इटालीका व्यापारी फिलिपो नासिम्बेने, उनकी श्रीमती र उनीहरूको सानो बच्चाको पनि मृत्यु भएको समाचारमा जनाइएको छ ।
विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया