अध्यक्षमा आकांक्षी ५ विद्यार्थी नेतालाई माओवादीको केन्द्रीय सदस्यको जिम्मेवारी
प्रकाशित:
२०७८, १७ आश्विन

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी गरेका ५ जना विद्यार्थी नेतो केन्द्रीय सदस्य भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पन्चासिंह बन्ने भएपछि अन्य ५ अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।
माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाएको थियो । प्रचण्डको घोषणापछि विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
