थप १,०६६ जनामा कोरोना पुष्टि
प्रकाशित:
२०७८, १५ आश्विन

काठमाडौं, १५ असोज । गत २४ घण्टामा देशभर थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी सो जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
