नेता प्रभु साह एमाले विधान महाधिवेशनमा नजाने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह समूह नजाने भएका छन् ।
८ बुँदे प्रस्ताव राखेका साहले सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका हुन् । उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले पनि त्यही भनेका छन्, तर विचारमा भने त्यो देखिँदैन ।
अहिले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिएको छ । साह सहितका नेताहरुले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया