आजबाट साफ च्याम्पियनसिप, नेपालले माल्दिभ्ससँग खेल्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

काठमाडौं, १५ असोज । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता १३औं संस्करणको साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
१३ औं साफको पहिलो दिन शुत्रबार दुई खेलहरु हुदैछन् । पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् । नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।
च्याम्पियनसिपमा पाँच राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया