ईपीएल क्रिकेट : भैरहवा र ललितपुरबीचको खेल ‘टाइ’
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा बिहीबार भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सले बराबरी ‘टाइ’ खेलेका छन् ।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो ।
खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अविजित ६७ रन बनाए । त्यस्तै कुशल मल्लले ३५ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरका लागि सन्दुन वीराकोदीले ५८, अजमतुल्लाह ओभरजाईले ४२ र सन्दीप जोराले ३८ रन बनाए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
