७७ जानको ज्यान जोगाउने पाइलट ‘ग्राउण्डेड’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । बुद्ध एयरको क्याप्टेन आङ्गेलु शेपालाई विमान चलाउन रोक लगाएको छ ।
नागरिक उड्यान प्राधिकरणको नियमअनुसार कम्पनीले ‘ग्राउन्डेड’ गरेको उनलाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाएको हो ।
पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीको भनाई छ । कम्पनीले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमअनुसार ग्राउन्डेड गरिएको जनाएको छ ।
जहाज उडाएको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले केही समय उनको लाइसेन्स प्रयोग नहुने कम्पनीको भनाई छ । छानविनको रिर्पोट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । छानविनको लागि तथ्य प्रमाण जुटाउनको लागि उनको लाइसेन्स होल्ड गरिएको क्यानले जनाएको छ ।
क्यानले अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर छानविन प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । तर, प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उठाउन अनुमति दिएको छ ।
गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर पुन काठमाडौँमा आएर अवतरण गरेको थियो । सोमबार बिहान उक्त विमानमा चालक दलका ४ सदस्यसहित ७७ जना विराटनगर प्रस्थान गरेको थियो । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।

प्रतिक्रिया