काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाइएका छन् । संसदको गतिरोध अन्त्य गर्दै सहमतिको वातावरण बनाउने प्रयासस्वरुप प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको हुन् ।
प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
नेकपा एमालेले माधवकुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । तर, सभामुखले उक्त विषय सर्वोच्चमा विचाराधीन रहेकाले आफूले केही गर्न नसक्ने भन्दै आएका छन् । एमालेले यसै विषयमा संसदमा नाराबाजी गर्दै आएको छ । अवरोधकै बीच संसद्बाट अध्यादेश तथा विधेयकहरू पारित भइरहेका छन् ।
यसअघि सभामुख अग्नि सापकोटाले सदनको गतिरोध अन्त्य गर्न बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । यस्तै, बिहीबार संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको हो ।