नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामा घोषणा
प्रकाशित:
२०७८, १३ आश्विन
काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदावधी नसकिदै राजीनामा दिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष र सचिव दुवैले राजीनामा दिने घोषणा गरेका हुन् ।
सचिव प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) बाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएको बताए । प्याकुरेलले नेपाली क्रिकेट अब सामान्य अवस्थामा फर्किएको बताउँदै आफ्नो मिसन पूरा भएको बताए । सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया