ईपीएल : चितवनद्वारा विराटनगर पराजित
प्रकाशित:
२०७८, १० आश्विन

काठमाडौैं, १० असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल)को दास्रो दिन चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ ।
आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटले जितेको हो ।
चितवनका राजेश पुलामीले ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।
प्रतिक्रिया
सम्बन्धित समाचार
