‘सुगुत’को गीत रेकर्डिङ सकियो, चाँडै फ्लोरमा जाँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन


काठमाडौं, ८ असोज । निर्माणाधिन लिम्बू भाषाको चलचित्र ‘सुगुत’को तीन वटा गीतको रेकर्डिङ सकिएको छ । गीतमा गायक राजेशपायल राई र गायिका अञ्जु पन्तको स्वर रहेको छ । साथै, यस चलचित्रमा सुनिता थेगिम, मनु नेम्बाङ र सुमन लिम्बूको पनि स्वर रहेको छ ।

गीतकार यासेली योङहाङ लिम्बू, रीता फोम्बो ठूली र जानुका काम्बाङको शब्द रचना रहेको उक्त गीतमा प्राज्ञ अशोक राईले संगीत दिएका छन् । चलचित्रका निर्देशक लोकेश साँवा लिम्बुका अनुसार पालामको लय तथा संकलन भने रीता फोम्बो ठूलीकै रहेको छ ।

यस चलचित्रमा पटकथा, संबाद देबन्द्र खापुङको रहेको । चलचित्र ‘सुगुत’को पूर्वाञ्चलको तेह्रथुम, ताप्लेजुङ, पाँचथर र संखुवासभालगायतका स्थानमा छायाँंकन गरिने बताइएको छ । ‘चाँडै न फ्लोमा जाँदैछौँ’ निर्देशक लोकेन साँवाले भने ।

प्रतिक्रिया