नेपालको एसियन कप खेल्ने सपना अधुरै
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ ।
उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो । योसँगै नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
