सुडानमा सैनिक ‘कू’को असफल प्रयास
प्रकाशित:
२०७८, ५ आश्विन
काठमाडौं, ५ भदौं । सुडानमा सैनिक ‘कू’को असफल प्रयास गरिएको खबर छ । सैन्य विद्रोहमार्फत सत्तापलट गर्ने एउटा असफल भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ । मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’ सरकारी टेलिभिजनले भनेको छ । यद्यपि कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे रिपोर्टमा खुलाइएको छैन ।
बिबिसीका अनुसार राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रबाट प्राप्त विवरणहरूमा ती क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको छ । नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएका छन् । स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको पनि विवरणहरूमा जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना