९० दिनपछि चिनियाँ अन्तरिक्षयात्री सकुशल फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

बेइजिङ, १ असोज (एजेन्सी) । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १ः३० बजे अवतरण गरेको छ ।

चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी)ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

प्रतिक्रिया