एकै परिवारका ६ जनाको हत्या आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ भाद्र

काठमाडौं, ३१ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि अनुसन्धानमा संलग्न प्रहरीले नियन्त्रणमा लिएको छ ।
भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको र अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

भदौ २१ गते मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीका मोबाइल बरामद गरेका छन् । तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जनाएको छ ।

प्रतिक्रिया