नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आज (सोमबार)देखि सुरु हुँदैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा ४ बजे अमेरिकासँग खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।
लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठौं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया