संसद् बैठक भदौ २९ सम्मका लागि स्थगित
प्रकाशित:
२०७८, २७ भाद्र
काठमाडौं, २७ भदौं । प्रतिनिधि सभाको बैठक भदौ २९ गते मङ्गलवारसम्मका लागि स्थगित भएको छ । एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक आउँदो मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । यसअघि एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार