राताम्मैै तीज (फोटोफिचर)
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं । नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीज । कोरोना महामारीको जोखिमका बीच पनि बिहीबार नेपाली नारीले नाचगान र रमाइलो गरेर तीज पर्व मनाएका छन् । बिहीबार विहानैदेखि शिव देवालय, मठमन्दिर र खाली चौरहरुमा नाचगान गर्ने महिलाहरुको भीड लागेको थियो । शिवालयहरुमा देखिएको राताम्यै भीडले कोरोना संक्रमणको त्रासलाई समेत चुनौती दिएको थियो ।

अघिल्लो वर्षका तीजमा नाच्न नपाएका नेपाली नारीले यसपाली मन खोलेर नाचेका छन् । गत वर्ष कोरोना संक्रमणको अत्याधिक जोखिमका कारण तीजमा सार्वजनिक स्थलमा जमघट गर्न सरकारले तिबन्ध लगाएको थियो । तर, यसपाली संक्रमणको जोखिम कम भएसँगै निषेधाज्ञा हटाएपछि काठमाडौंमा धुमधामका साथ तीज मनाइएको छ ।









प्रतिक्रिया
सम्बन्धित समाचार
