गर्भपतन अपराध नभएको सर्वोच्च अदालतको ऐतिहासिक फैसला
अखबार टुडे
प्रकाशित:
२०७८, २३ भाद्र

मेक्सिको, २३ भदौं । मेक्सिकोमा यहाँको सर्वोच्च अदालतले गर्भपतनबारे ऐतिहासिक फैसला गरेको छ । अदालतले गर्भपतन अपराध नभएको ठहर गरेका छन् । गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।
गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया