सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन आजदेखि
अखबार टुडे
प्रकाशित:
२०७८, २३ भाद्र

काठमाडौं, २३ भदौं । सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन (बुधबार) आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।
संसदको यही अधिवेशनबाट अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत पेश गर्ने कार्यसूची छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।
गएको साउन ३२ गते सरकारले अधिवेशन अन्त्य गरेको थियो । त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया