उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्न पाउने
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काठमाण्डौं, २१ भदौ । काठमाण्डौ उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरु खुल्न पाउने भएका छन् ।
सोमबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भए÷नभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् ।

प्रतिक्रिया