४० दिनको अमर प्रेम
अखबार टुडे
प्रकाशित:
२०७८, १९ भाद्र

काठमाडौँ, १८ भदौ । गत १५ अगस्टमा रिलिज भएको फिल्म शेरशाहले राम्रो प्रतिक्रिया पाइरहेको छ । भारतीय शहिद विक्रम वत्राको जीवनीमा आधारित फिल्म ओटीटीमा रिलिज भएको हो । यसलाई भारतीय दर्शकले रुचाइरहेका छन् । यो फिल्म पाकिस्तानी घुसपैठबाट इन्डियाले आफूलाई बचाएको कथामा आधारित छ । यसमा विक्रमको वीरताको कथा देखाइएको छ ।

जसलाई दर्शकले रुचाएका छन् । तर, फिल्ममा जति विक्रमको वीरताको चर्चा छ, त्यति नै उनको प्रेमिका डिम्पल चीमाको पनि । यी दुईको प्रेमकथा पछिल्लो समय उदाहरणीय बनिरहेको छ । फिल्म रिलिज भएपछि यसका निर्देशक तथा लेखकलाई डिम्पलको भूमिका निर्वाह गरिरहेकी कियारा एडवानीको सिन निकै कम रहेको गुनासो दर्शकले गरिरहेका छन् ।

यसैबीच, फिल्मका स्क्रीनप्ले लेखेका सन्दीप श्रीवास्तवले यसबारे बोलेका छन् । उनले आफ्नो रिसर्चमा विक्रम र डिम्पलको प्रेमको अवधि निकै कम रहेको खुलाए । ‘मैले फिल्मको लागि डिम्पलसँग पनि गफगाफ गरे, जहाँ मैले यी दुईको लभलाइफ निकै कम रहेको थाहा पाएँ’ उनले भने ।

विक्रम र डिम्पलले एकै कलेजमा अध्ययन गरे पनि यी दुईले एक अर्कालाइ प्रेम इजहार गरेपछि ४० दिन मात्र साथ बिताएका थिए । प्रेम व्यक्त भएपछी विक्रमले आफ्नो उदेश्य परिवर्तन गर्न खोज्यो , यद्दपी उ परिवर्तन हुन् सकेनु सन्दीप भन्छन् , यसै कारण यी दुइको प्रेम अवधि ४० दिनमात्र रह्यो ।’ सानैदेखि दूरदर्शन च्यानलमा ुपरम वीरचक्रु हेरेर हुर्किएका विक्रमले आफ्ना भाइ विशालसँग आफू सिपाही बन्ने जिकिर गरिरहन्छन् ।

ठूलो भएपछि पनि उही सोचका साथ अगाडि बढिरहेका विक्रमको योजनालाई डिम्पलको प्रेमले केहि अल्मल्याउन खोज्छ । यद्यपि, सानै देखिको योजनानुसार नै उनी सेनामा भर्ती हुन्छन् । त्यसपछि घर आउँदा उनले एकपटक गुरुद्वारामा डिम्पलसँग ख्यालख्यालमै विवाहसमेत गरेका हुन्छन् । यसैकारण हुन् सक्छ, विक्रमले संसार सन् १९९९ मै छाडेपनि डिम्पल अझै उनकै मायामा छिन् ।

यो समयको डिजिटल युगमा पनि डिम्पल विक्रमको प्रेममा छिन् । फिल्मको क्यारेक्टरको लागि कियाराले पनि डिम्पलसँग भेट गरेकी थिइन् । एक घण्टाको समय लिएर सुरु भएको कुराकानी चार घण्टासम्म चलेको थियो । उनी एक्लै बस्छिन् र शिक्षण पेशामा छिन् । विक्रमको शवलाई स(सम्मान घर ल्याउँदा अन्तिमपटक हेर्नसमेत नपाएकी डिम्पलले उनलाई श्रीमान मानेकी छिन् ।

उनी आफुलाई विक्रमकै अंशु भन्न रुचाउछिन् । उनी बाहिरी संसारभन्दा छुट्टै दुनियाँमा छिन् । ४० दिनको प्रेम सामिप्यतालाई विक्रमको विदाइसँगै विदा नगरी डिम्पलले अमर बनाएकी छिन् । विक्रमको भूमिका निर्वाह गरेका फौजी सिद्धार्थ मल्होत्राले फिल्ममार्फत वीरताको कथा देखाएका छन् । एउटा वीरको प्रेमकथाले अहिले सबैको मन जितिरहेको छ । (न्यज कारखाना)

प्रतिक्रिया