गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय भागबण्डा मिलाउन बालुवाटारमा छलफल
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र

काठमाडौं, १५ भदौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल उनीहरुबीच केन्द्रीत भइरहेको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा छन् । तर, अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी छ ।

आजको छलफलले दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि मन्त्रीको भागबण्डा मिलेपनि कसलाई कुन मन्त्रालय भन्ने टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया